राँझा (बाँके), ११ असोज |

बाँकेमा राप्ती नदीले बर्सेनि कटान गर्दै आएकाले नियन्त्रणका लागि पश्चिम राप्ती नदी नियन्त्रण आयोजना सुरू हुने भएको छ । ‘जनताको तटबन्ध कार्यक्रम’अन्तर्गत आयोजना कार्यान्वयनको प्रक्रिया सुरू भइसकेको स्थल कार्यालय नं ६ लमहीका प्रमुख धर्मकुमार न्यौपानेले जानकारी दिनुभयो ।“आयोजनाअन्तर्गत राप्ती नदीको कटान नियन्त्रणका लागि करिब ३५ किलोमिटर तटबन्ध र अन्य संरचना प्रस्ताव गरिएको छ ।भारत सरकारको जल संसाधन, नदी विकास एवं गङ्गा संरक्षण विभागसँगको सम्झौताअनुसार नेपाल सरकारले आयोजना कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको प्रमुख न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०८४/८५ मा सम्पन्न गर्ने गरी रू दश अर्ब ४४ करोड ८१ लाखको लागतमा उक्त आयोजना सुरू गर्न लागिएको हो ।आयोजनाअन्तर्गत बाँकेको राप्ती सोनारी, डुडुवा र नरैनापुर गाउँपालिकामा राप्ती नदीमा बायाँतर्फ १५ दशमलव चार सय ६२ किलोमिटर र दायाँतर्फ १९ दशमलव तीन सय ७१ किलोमिटर गरेर जम्मा ३४ दशमलव आठ सय ३३ किलोमिटर तटबन्ध गरिने तयारी भएको प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।“नेपालको तर्फबाट पटकपटकको प्रयासपछि डुबान, कटान र पटानले सङ्कट निम्त्याउँदै आएको बाँके जिल्लास्थित राप्ती नदीमा पक्की तटबन्ध निर्माण गर्न भारत सरकार गतवर्ष सहमत भएको थियो । सोही सहमतिअनुसार नेपालका तर्फबाट गर्नुपर्ने प्रारम्भिक कार्य सुरू गरिएको हो।लुम्बिनी प्रदेशसभाका पूर्वसदस्य डुडुवा गाउँपालिका–१ होलिया निवासी विजयबहादुर यादवले राप्ती तटीय क्षेत्रका बासिन्दालाई जोगाउन आयोजना प्रभावकारी हुने बताउनुभयो । नदीको कटानबाट बढी प्रभावित स्थानबाट तटबन्ध निर्माण कार्य सुरु गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here