टीकापुर, ११ असोज (रासस) |

कैलालीको टीकापुरमा आयोजना गरिएको प्लास्टिक सर्जरी शिविरमा नौ सय ९६ जनाले उपचार सेवा लिएका छन् ।
काठमाडाँैस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोग तथा टीकापुर नगरपालिका र टीकापुर अस्पतालको संयुक्त आयोजनामा यही असोज ७ गतेदेखि १० गतेसम्म सञ्चालन गरिएको सो शविरमा चार सय ४७ पुरुष र पाँच सय ४९ महिलाले उपचार गराएका हुन् । तीमध्ये दुई सय ४० जनाको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया गराउनेमा ९१ पुरुष र एक सय ४९ महिला छन् । उपचार गराउन आएका मध्ये एक सय ७६ जनालाई थप उपचारका लागि काठमाडाँैस्थित सुष्मा कोइराला मेमेरियमल अस्पतालमा ‘रिफर’ गरिएको छ । कतिपयले काठमाडाँैमै गएर उपचार गर्नुपर्ने भएकाले त्यहाँ सिफारिस गरिएको टिकापुर अस्पतालका प्रमुख प्रशासक प्रफुल्ल शर्माले बताउनुभयो । ‘‘यहाँ उपचार सम्भव नभएकाहरुलाई काठमाडाँै पठाएका छौँ, त्यहाँ पनि उनीहरूले निःशुल्क उपचार सेवा पाउनेछन्। प्रमुख प्रशासक शर्माका अनुसार उपचार सेवा लिनेमा बच्चादेखि वृद्धसम्म छन् । शिविरमा पाँच वर्ष मुनिका ६७ जनाले उपचार गराएकामा पाँच जनाको शल्यक्रिया गरिएको थियो । पाँचदेखि १५ वर्ष उमेरभित्रका एक सय २९ जना परीक्षणमा आएकामा ४३ जनाको उपचार गरिएको थियो ।पन्ध्रदेखि ४० वर्ष उमेरका दुई सय ८९ बिरामी उपचारमा आउँदा १०६ जानको शल्यक्रिया गरिएको, ४० देखि ६० वर्ष माथिका दुई सय ८४ जनाको स्वास्थ्य परीक्षणमा ७७ जनाको शल्यक्रिया गरिएको उहाँको भनाइ थियो । चार दिनसम्म टीकापुर अस्पतालमा सञ्चालित शिविर समापन कार्यक्रममा बोल्दै नगर प्रमुख रामलाल डगौरा थारुले विपन्न समुदाय यो शिविरबाट लाभान्वित भएको र यस्ता शिविर थप गर्न माग आइरहेको बताउनुभयो । उहाँले निःशुल्क सेवा दिन टीकापुर पुगेको अस्पतालको टोलीलाई धन्यवाद दिँदै मानवीय भावना र दायित्व पूरा भएको बताउनुभयो ।

नगरपालिका जनस्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले सामाजिक भावनाका साथ सञ्चालन भएको शिविरमा बिरामीलाई थप उपचारका लागि काठमाडौँ पठाइएको र विपन्न नागरिकलाई यातायात खर्च पनि नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।जलन तथा आगोले पोलेका नागरिकले सेवा पाउन भन्ने उद्देश्यले शिविर सञ्चालन भएको हो।’’ टीकापुर अस्पतालका अध्यक्ष झपट सोडारीले जलनको सेवा नेपालका दुई ठाउँमा मात्रै हुँदा नागरिकलाई समस्या भइरहेको अवस्थामा टीकापुरमै आएर सेवा दिएकोमा धन्यवाद दिनुभयो । ‘‘हरेक अस्पतालमा जलनको उपचारका लागि छुट्टै कक्ष र चिकित्सकको टोली हुनुपर्ने हो तर छैन।शिविरमा सुष्मा कोइराला मेमोरियल अस्पतालका जनरल सर्जन डाक्टर रोजिना शिल्पकार स्वाँरको नेतृत्वमा सिनियर कन्सल्ट्यान्ट डाक्टर श्यामेन्द्रबहादुर सिंह, कन्सल्ट्यान्ट सर्जन डाक्टर मनोहर यादव, मेडिकल अधिकृत डा सुमित्रा तामाङसहित १४ जनाको टोली सहभागी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here