सुदूरपश्चिम, ८ असोज |

आज बिहानको अविरल वर्षासँगै धनगढीस्थित सेती प्रादेशिक अस्पतालभित्र पानी पसेपछि बिरामीको उपचार व्यवस्थापनमा कठिनाइ भएको छ ।अस्पतालको पुरानो भवनमा झन्डै एक फिटसम्म पानी जमेपछि उपचार व्यवस्थापनमा कठिनाइ भएको हो । जमेको पानीले बिरामी कुरुवा र स्वास्थ्यकर्मीलाई आवागमनमा समस्या भएको छ ।वर्षासँगै धनगढी उपमहानगरपालिका क्षेत्रका अधिकांश बस्ती जलमग्न भएका छन् । बजारका मुख्य सडकमा दुई÷तीन फिटसम्म पानी जमेपछि आवागमन असहज बनेको छ । अधिकांश सरकारी कार्यालय परिसर जलमग्न बनेका छन् । उपमहानगरपालिका कार्यालयले स्काभेटरमार्फत जमेको पानी निकासको प्रयास थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here