रामाश्रय राय यादव  |

प्रख्यात पाकिस्तानी लेखक मरहूम अशफाक अहमद लेख्नु हुन्छ, एकपटक रोम (इटली)मा मबाट सानो ट्राफिक नियमको उल्लंघन भयो। मेरो नाममा चलान काटियो। अति व्यस्तताको कारण मैले सरकारी निकायमा समयमै जरीवाना बुझाउन सकिन। जसले गर्दा आखिरमा मलाई अदालतमा जानु पर्यो। अदालतमा मलाई न्यायाधीशको अगाडि पेश गरियो। न्यायाधीशले मैले समयमै जरीवाना नबुझाउनुको कारण बारे सोध्नु भयो। मैले भने- श्रीमान, म एक प्रोफेसर हुँ। कामको अति व्यस्तताको कारण मैले समय निकाल्न सकिन। मैले यति भनेर आफ्नो बयान सुरु मात्र गर्न के थालेको थिए, न्यायाधीशले अगाडि भन्नुभयो- उपस्थित महानुभावहरू, सबैजनाले एकपटक सुन्नुहोस्। A TEACHER IS IN THE COURT. न्यायधिशले यति भन्ना साथ अदालतमा रहेका अन्य न्यायाधीश, वकिल, कर्मचारी र सर्वसाधरण सबैले मेरो सम्मानमा उभिएर ताली बजाए। न्यायाधीशले मसंग माफी माग्दै मेरो चलान रद्द गरिदिए। त्यो दिन मैले कुनै पनि देशको प्रगति किन हुँदो रहेछ भन्ने रहस्य बुझे।  अमेरिकामा केवल दुई प्रकारका मानिसहरू मात्र अति विशिष्ट व्यक्ति मानिन्छन्- वैज्ञानिक र शिक्षक।  फ्रान्सको न्यायालयमा केवल शिक्षकलाई मात्र कुर्सीमा बस्ने अधिकार रहेको छ।  जापानमा प्रहरीले सरकारसंग अनुमति लिएरमात्र कुनै शिक्षकलाई गिरफ्तार गर्न सक्छ।  कोरियामा केवल आफ्नो परिचयपत्र देखाएर त्यहाँका हरेक शिक्षकहरूले ती सबै अधिकारहरू प्राप्त गर्न सक्दछन् जुन हाम्रो देशमा मन्त्रीहरूले प्राप्त गर्दछन्।  अमेरिकन तथा युरोपियन देशहरूमा प्राथमिक शिक्षकहरूको तलव सुविधा सर्वाधिक बढी रहेको छ किनकी उनीहरूले नै कच्चा माटोलाई पक्का बनाउँछन्। तर हाम्रो देशमा जहाँ शिक्षकहरू अपमानित भइ रहन्छन्, चोर, डाकू, लुटेरा र भ्रष्टाचारीहरू मौज मस्तीमा रहन्छन्।ठुल- ठुला पदमा पुगेका छन्। न्यायका लागि आमरण अनशनमा बसेका मानिसको मृत्यु हुन्छ तर पनि न्याय पाउदैनन्। अब विस्तारै जन चेतना बढ्दै गएको छ। जनता सचेत हुन लागेको हो। देश चलाउनेहरू समयमा सचिएन भने व्यवस्था परिवर्तन गरेर भए पनि देशको विकास र समृद्धिको बाटोमा जनता अघि बढ्छन्।यो प्रकृति र हाम्रो देशको नियम हो। नेपालको इतिहासमा हामी सबै अध्ययन गर्दा थाहा पाउन सकिन्छ कि अन्याय गर्दा राणाको पतन भयो र राजाको राजतन्त्र गणतन्त्रमा बदल्यो। ईतिहास साक्षी छ कि पाप गर्नेहरुको धन, ईज्जत र वंशको नाश हुन्छ। नमान्ने सबैलाई जानकारीको लागि बताउन चाहन्छु कि रावण,कौरव र कंश जस्तो बलबान,धनबान र चतुर व्यक्तिको अन्त कसरी भयो भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ। तर जसले गुरुको अपमान गर्छ गुरु रिसाएको खण्डमा नर्कमा पनि ठाउँ पाउन मुस्किल पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here