सुन्दरहरैँचा (मोरङ), ३०, भदौ |

मोरङको ग्रामथानमा आज नुहाउने क्रममा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।ग्रामथान गाउँपालिका–२ स्थित रम्भा देवको माछा पोखरीमा डुबेर ग्रामथान–२ खुनियाकट्टाका घनश्याम माझीकी छोरी १२ वर्षीया समीक्षा माझी र मनोज खवासकी छोरी १० वर्षीया रेजिना खवासको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै बालिकालाई डुबेर गम्भीर घाइते भएको अवस्थामा बिहान ११ः३० बजेतिर स्थानीयले फेला पारेका थिए ।गरको कोसी अस्पताल ल्याइएको थियो । प्रहरी र स्थानीयले उद्धार गरेर अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको दाहालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here