जनकपुरधाम,३०,भदौ ।

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ धनुषाले यो शनिवार पनि दुरुपयोग भएका सरकारी गाडीहरू नियन्त्रणमा लिएको छ । जनकपुरको भानु चोकबाट युवा सङ्घका कार्यकर्ताहरूले ९ वटा सरकारी गाडी नियन्त्रणमा लिएका हुन् ।सरकारी गाडी दुरुपयोग रोक्ने उनीहरूको अभियानलाई ट्राफिक प्रहरीले पनि सघाएको छ । सेतो नम्बर प्लेटको सरकारी चारपाङ्ग्रे गाडी ३ थान, मोटरसाइकल ५ थान र एउटा स्कुटर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयको जिम्मा लगाएको युवा संघ मधेस प्रदेशका अध्यक्ष लव अधिकारीले जानकारी दिए ।बिदाका दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । तर अनुमति नलिएरै सरकारी गाडी निजी काममा प्रयोग गर्ने प्रवृत्ति बढेपछि नियन्त्रण गर्न कारबाही अभियान चलाएको युवा संघले जनाएको छ । अघिल्लो शनिवार पनि संघले यो अभियान चलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here