काठमाडौँ, २९ भदौ |

नेपाल ओलम्पियन सङ्घका अध्यक्ष दीपक विष्ट टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ । विश्व ओलम्पियन सङ्घको आयोजनामा इस्तानबुलमा आजदेखि सुरु हुने दुईदिने विश्व ओलम्पियन सम्मेलनमा सहभागी हुन उहाँ गए राति त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।उक्त सम्मेलनमा विश्वभरबाट एक सय ५० भन्दा बढी ओलम्पियन सहभागी हुने बताइएको छ । नेपाल ओलम्पियन सङ्घले विगत दुई वर्षमा गरेका गतिविधि उक्त सम्मेलनमा प्रस्तुत गर्नुहुनेछ । एसियाली ओलम्पियनको भेला नेपालमा आयोजना गर्ने प्रस्ताव उक्त सम्मेलनमा पेस गर्ने ओलम्पियन विष्टले बताउनुभयो ।ओलम्पियन विष्टलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन सङ्घका महासचिव राजेन्द्र भण्डारीलगायतले बिहीबार बिदाइ गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here