म्याग्दी, २७ भदौ |
गण्डकी प्रदेशमा दर्ता भएका सवारी साधनको विवरण र अभिलेख ‘डिजिटलाइजेसन’ (विद्युुतीय अभिलेखीकरण) गर्न थालिएको छ । सवारी साधन दर्ता, नवीकरणसम्बन्धी सेवालाई छिटो, झन्झटमुक्त र अभिलेखलाई व्यवस्थित बनाउन यातायात कार्यालयलाई फाइल तथा ढड्डामुक्त बनाउने काम अघि बढाइएको हो ।गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुुर जुुग्जालीले यातायात कार्यालय कास्कीमा दर्ता भएका सवारी साधनको विद्युुतीय अभिलेख राख्ने काम सकिएको बताउनुुभयो । “कास्कीको यातायात कार्यालयका सबै सवारी साधनको फाइल तथा ढड्डालाई ‘स्क्यान’ गरेर सफ्टवेयरमा राखेपछि सेवा प्रवाह सुधारका लागि प्रभावकारी बनेको पाइयो | यस वर्ष बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको फाइल र ढड्डालाई डिजिटलाइजेसन गर्न लागेका छौँ ।”कास्कीको यातायात कार्यालयमा सफ्टवेयरको विकास गरेर नमूना र परीक्षणका लागि देशमै पहिलो पटक सवारी साधनको विद्युतीय अभिलेख राखिएको थियो । चालुु आर्थिक वर्षमा बागलुुङ र नवलपुरको यातायात कार्यालयमा दर्ता भएका सवारी साधनको अभिलेख डिजिटलाइजेसन गर्न रु दश÷दश लाख बजेट विनियोजन गरिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताउनुुभयो । “बागलुुङमा तीस हजार र नवरपुरमा १५ हजार सवारी साधन दर्ता भएका छन्”, उहाँले भन्नुुभयो, “यस वर्ष दुुवै कार्यालयलाई सवारी साधनको ढड्डा र फाइलमुक्त बनाउने तयारीमा छौँ, डुुम्रेमा दर्ता भएका सवारी साधनको सङ्ख्या कम भएकाले कार्यालयकै जनशक्तिमार्फत डिजिटलाइजेशन हुुन्छ ।”प्रवक्ता पौडेलका अनुसार कास्कीमा सवारी चालक अनुुमतिपत्रसँग सम्बन्धित फाइल र ढड्डालाई पनि डिजिटलाइजेसन गर्न चालुु आर्थिक वर्षमा रु दश लाख विनियोजन गरिएको छ । तीन लाख सवारी साधनको ७३ लाख चित्रलाई स्यान गरेर ‘ट्रान्सपोर्ट म्यानेजमेन्ट’ सफ्टवेयरमा राखेको यातायात कार्यालय कास्की (सवारी)का प्रमुख डिल्लीराम रिज्यालले बताउनुुभयो । “फाइल र ढड्डा खोज्दा धेरै समय लाग्ने भएकाले सेवाग्राहीलाई मर्का परेको थियो | अहिले सबै विवरण सफ्टवेयरमा हेर्न पाउने भएपछि सेवाग्राही घण्टौँ लाइन बस्नुुपर्ने समस्या हटेको छ ।” फाइल र ढड्डा खोज्दा हुुने समयको बचत, जनशक्तिलाई कामको भार कम पर्ने र कार्यालय व्यवस्थित बनेको छ । पुुराना फाइल सम्बन्धित सवारी धनीलाई फिर्ता गर्न थालिएको छ ।सफ्टवेयरमा सवारी साधनको नम्बर, कम्पनी, रङ, बीमा, सवारी धनीको नाम, ठेगाना, सम्पर्क नम्बर लगायतका विवरण राखिएको छ । सफ्टवेयरमा कर निर्धारण गर्ने बिधा थप गर्न र क्षमता विस्तारको तयारी गरिएको मन्त्रालयले जनाएको छ । गण्डकीमा सबैभन्दा बढी पोखराको यातायात कार्यालयमा सवारी साधन दर्ता हुने गरेका छन् । आव २०७९/८० मा ११ हजार, २०७८/८० मा १९ हजार र २०७७/७८ मा ३४ हजार सवारी साधन दर्ता भएका थिए । सो कार्यालयले गत आवमा रु दुुई अर्ब पाँच करोड साठी लाख ४८ हजार दुई सय ६४ राजस्व सङ्कलन गरेको थियो ।






