रौतहट,२२,भदौ ।

रौतहटमा एक मन्दिरका पुजारीमाथि सांघातिक आक्रमण भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका ३, देवीपर्सा टोलस्थित श्री रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातिक आक्रमण भएको हो ।बिहिबार राति करिब ११ बजे खाना पकाउने समयमा अज्ञात व्यक्तिले पुजारी साहको टाउकोमा धारिलो हतियार प्रहार गरेको प्रहरीले जनाएको छ ।पुजारी साहमाथि आक्रमण भएको थाहा पाएपछि स्थानीयले उपचारका लागि अस्पताल पुर्‍याएका थिए । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ । आक्रमण गर्नेहरुको खोजी कार्य भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here