पाटन (ललितपुर), १८ भदौ |

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पले क्षति पु¥याएको नेपालको सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भारतीय सरकारबाट भएको सहयोग अतुलनीय रहेको बताउनुभएको छ ।नगरप्रमुख महर्जनले सम्पदा संरक्षणका लागि विश्व बंैकले गरेको लगानीबाट भएको उत्कृष्ट काम र उपत्यकाभित्र देखाउन लायक सम्पदा ललितपुरको पिम्वहाल पोखरी मात्रै भएको भन्दै सम्पदा संरक्षणका लागि ललितपुरले महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।सामाजिक क्षेत्र र सम्पदा संरक्षणका क्षेत्रमा अतुलनीय र अति राम्रो काम सम्पादन गरेको भन्दै बागमती प्रदेश सरकार र प्रधानमन्त्रीबाट समेत सम्मानित हुने अवसर पाएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा महानगरभित्र एक सय ३२ वटा पाटी पौवा निर्माण गरेको प्रस्ट पार्दै सबै पार्टीपौवाको जीर्णोद्धार तथा पुनःनिर्माणले राम्रो प्रभाव पारेको बताउनुभयो । यी सबै काममध्ये पनि राम्रो काम नापीचन्द्र महाविहारको पुनःनिर्माण भएको उहाँको धारणा थियो ।नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालको सांस्कृतिक सम्पदा र मठमन्दिर निर्माणबाट नयाँ अनुभव प्राप्त भएको धारणा राख्नुभयो । “सन् २०१५ मा भारत सरकारबाट भूकम्पबाट प्रभावित नेपालका आवास तथा सम्पदा पुनःनिर्माणका लागि २५ करोड अमेरिकी डलर घोषणा भएको थियो । त्यहीमध्येबाटै नापीचन्द्र महाविहारको पुनःनिर्माण भएको हो । सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टले कन्सल्टेन्टका रूपमा सहयोग गरेको हो । राजदूत श्रीवास्तवले ललितपुरका नगरप्रमुखसँगको समन्वय र भारतीय सहयोगमा बाँकी काम सम्पन्न गर्न प्रयत्नशील रहने धारणा राख्नुभयो । नेपालीहरूको सहयोग रहेसम्म नेपाली संस्कृति धरोहरको संरक्षणका लागि भारतीय सहयोग हुने भन्दै उहाँले नेपाल र भारतबीच रहेको धार्मिक सांस्कृतिक सम्बन्ध प्रगाढ रहने बताउनुभयो ।भारत सरकारको वित्तीय सहयोग एवं कला र सांस्कृतिक सम्पदाका लागि भारतीय राष्ट्रिय ट्रष्टको प्राविधिक सहयोग तथा नेपाल सरकार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग, केन्द्रीय आयोजना कार्यान्वयन एकाइद्वारा कार्यान्वयन गरी महाविहारको पुनःनिर्माण सम्पन्न भएको हो । महाविहारको लागत रु दुई करोड ७६ लाख रहेको ललितपुर विकासका लागि समाजका अध्यक्ष तथा पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here