काठमाडौँ, १६ भदौ |

नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको छ ।प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हँुदै एकताको आवश्यक रहेको बताउनुभयो ।नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेकामा उहाँको जोड थियो । “कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छाँै । उहाँले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताउनुभयो । उहाँले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको नीति एमालेसँग मिल्ने भएकाले एकता गरी गाभ्नुपर्ने बताउनुभयो ।“आजसम्म माधवकुमार नेपालको पार्टी समाजवादी पार्टी नै हो, उक्त पार्टीको नीति हाम्रो पार्टीको नीति नै हो, हाम्रो नीतिबाहेक अर्को नीति छैन, व्यक्ति र पार्टीको नाममात्र फरक हो  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here