रौतहट,३० साउन ।
नगर अस्पताल लौकाहामा रक्तदान जीवन दान हो भन्ने उदेश्यका साथ सोमबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । परोहा नगरपालिका र समुदायिक तथा बालविकास केन्द्रको संयुक्त आयोजना एवं नेपाल रेडक्रस सोसाइटी रौतहटको सहयोगमा उक्त बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
पालिकाका विभिन्न वडाबाट रक्तदान गर्ने इच्छुक व्यक्तिहरूले आ आफ्नो केही योगदान समाजको लागि गरौँ भन्ने उदेश्य राखि रक्तदान गरेका छन् । सोमबार सम्पन्न कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए । उपचारको क्रममा रगत नपाएर मृत्यु हुनु पर्ने भएको उक्त कार्यमा केही सहयोग होस भन्ने अभिप्रायले नगरस्तरीय बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ई.दिपेन्द्र प्रसाद यादवले जानकारी दिनु भयो। रक्तदान लगायतका अन्य समाजिक कार्यहरु नगरपालिकाले निमित रुपमा नगरबासीका लागि गरि रहने नगर प्रमुख शेख वकिलले रेड खबरलाई बताउनु भयो ।








