सिरहा ।
सिरहा प्रादेशिक अस्पताललाई हेल्पिंग हैण्ड नामक गैर सरकारसंस्थाले अस्पतालमा प्रयोग हुने औजार तथा उपकरणहरु हस्तान्तरण गरेको छ ।
सोमबार एक कार्यक्रमको आयोजना गरि स्थानिय हेल्पीङ्ग हार्ट संस्था द्वारा करिव ८० लाख बराबरको औजार,उपकरण र सर्जिकल सामग्रीहरु हस्तान्तरण गरिएको हो । सामग्रीहरु हस्तान्तरणका लागि आयोजना गरिएको कार्यक्रमको अध्यक्षता प्रादेशिक अस्पताल सिरहाका अध्यक्ष सोहेन्द्र कुमार यादवले गरेका थिए भन्ने सामग्रीहरु मधेश प्रदेशका मुख्यमन्त्री माननीय सरोज कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । उक्त अवसरमा सिरहा प्रादेशिक अस्पतालको मुख्यमन्त्री यादवले अनुजमन समेत गरेका थिए । प्रत्येक वार्डमा गई विरामीहरुले सेवा पाए नपाएको वारेमा जानकारी समेत लिनु भएको कार्यक्रमका विशिष्ठ अतिथि एवम प्रदेश सभासदस्य ललिता दास विद्रोहीले जानकारी दिनु भयो ।








