काठमाडौं, १३ फागुन।

काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह ९बालेन० ले आफूलाई राजीनामा दिन दबाब आएको बताएका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफूलाई राजीनामा दिन लगाउन खोजिएको भन्दै यो देश कहिले पनि नबन्ने प्रतिक्रिया दिएका छन् ।

यही एक लाइनमात्र लेखेका उनले त्यसबारेमा थप स्पष्ट भने पारेका छैनन् । उनले लेखेका छन्, ‘मेयर पद बस्दा मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन ।’ उनले लेखेको आधा घण्टाको अवधिमा ३० हजार लाइक, चार हजार छ सय कमेन्ट र दुई हजार छ सय शेयर भइसकेको छ ।

यसबारेमा थप जानकारी लिन खोज्दा भने उनीसँग सम्पर्क हुन सकेन । उनको यो पेज ह्याक भएको आशंकासमेत गरिएको छ । उनले कुनै पनि कमेन्टको जवाफ दिएका छैनन् । आखिर उनलाई कसले वाध्य पार्यो त भन्ने प्रश्न खड्किएको छ । यसबारेमा उनले जवाफ दिने नै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here