काठमाण्डौं, १३ फागुन ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुस १० गते भएको सम्झौताअनुसार नै
प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सहयोग
गर्ने दाबी गर्नुभएको छ ।
शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।
उहाँले प्रधानमन्त्री दाहालले आफूलाई अफ्ठ्यारो परेको र दबाब आएको कुरा
गरेको भनिरहे पनि पुस १० को स्म्झौताअनुसार नै एमाले उम्मेदवारलाई सघाउनेमा
विश्वस्त रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रचण्डजीले अलिकति के अफ्ठ्यारो प¥यो मलाई के के प¥यो
दबाब प¥यो भनिरहनुभएको छ । तर उहाँले सम्झौताअनुसार भोट हाल्नुहुन्छ । कहाँ
८ दलको समर्थन थियो, ८ दललाई बोलाएको थियो, चिया खान बोलाए जति सबै भोट
हुन्छ ।’
नेकपा एमालेले पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र
नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here