काठमाडौं २ माघ ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज यातायात सेवा बन्द गरेका छन् । अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प रहेको छ । निजी सवारीसधान भने सञ्चालन भइरहेका छन् । यद्यपी सार्वजनिक यातायात नचल्दा सडक खालि देखिएको छ । सोमवार बालाजु, गोंगबु, माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले प्रहरीको गाडी तोडफोड गर्नुका साथै आगजनी गरेका थिए । उनीहरुले ट्राफिक प्रहरीले जरिबाना वृद्धि गरेको भन्दै यातायात मजदुरहरुले सडक अवरुद्ध गरी सवारीसाधन सडकमै राखेर सार्वजनिक यातायात सेवा ठप्प पारेका हुन् ।








