काठमाडौं २५ माघ  ।

सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक छ वरिष्ठ उपाध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले दिने स्वरोजगार तालिम परिणाममुखी र व्यवहारिक बनाउन आवश्यक रहेको बताउनुभएको छ । मंगलवार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारले युवाहरुलाई स्वरोजगार बनाउन दिने तालिम परिणाममुखी र उद्यमशील बन्नेगरी दिन आवश्यक रहेको बताउनुभएको हो । उहाँले सरकारले वार्षिक रुपमा खर्च गर्ने ४ अर्बको तालिम तालिममा मात्रै सिमित
भएको गुनासो गर्नुभयो । उहाँले सरकारले दिने स्वरोजगार तालिमका लागि तालिम मात्रै नभएर परिणाम दिनसक्ने शिक्षा दिनगरी परिमार्जन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले आफूलाई चाहिएको जनशक्तिको पहिचान गरी तालिम दिनुपर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रले दिने तालिम परिणाम र उद्यमशील बन्ने किसिमको दिने गरेकाले सरकारले पनि त्यही अनुसार तालिम दिन सुझाव दिनुभयो । उहाँले उद्यमशील विकासको लागि काम गर्ने संस्थाहरुबीच समन्वय आवश्यक रहेको बताउनु भयो । उहाँले उद्यमशिलता विकास र स्वरोजगारको क्षेत्रमा काम गर्ने धेरै संस्थाहरु भएपनि सम्बन्धित सरोकारवाला निकायहरुबीच समन्वय गरी तालिम लिएर उद्यम खोल्नसक्ने बनाउन आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here