काठमाडौं २१ माघ  ।

भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा।डा।विष्णुदत्त पौडेलले सबै नागरिकले स्वास्थ्योपचार राम्रोसँग पाउनसक्ने ग्यारेन्टीसहितको नीति बनाउन आवश्यक रहेको बताउनुभएको छ । शुक्रवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले रोग लागेपछि जुनकुनै उपचार पनि पाउनसक्ने गरी कानून निर्माण गर्न आवश्यक भएको बताउनु भयो । उहाँले अस्पतालहरुमा प्रविधि र जनशक्तिको अभाव भएकाले बताउनु भयो । विदेशी देशहरुले सहयोग गरेका मेसिनहरु पनि अस्पतालमा सञ्चालन गर्नसक्ने सक्षम जनशक्तिको अभाव हुँदै थन्किएर बसेको बताउनु भयो । उहाँले साना कुराहरुको अनुमति लिनलाई विभिन्न मन्त्रालयहरु चहानुपर्ने तर पनि समस्याको समाधान हुन नसकेको बताउनु भयो । उहाँले क्यान्सरबाट निको भएका बिरामीहरुलाई समाजले राम्रोसँग स्वीकार नगर्ने र जागिर खान पनि समस्या हुने गरेको गुनासोहरु बढेको बताउनु भयो । उहाँले सरकारले विपन्न नागरिकलाई औषधिबापत दिने खर्च बढाउँदै लैजानुपर्ने बताउनु भयो । उहाँले क्यान्सर भएका बिरामीहरुलाई दिने कम प्रदेशपिच्छे फरक भएको र एउटै देशका नागरिकले एउटै रोगका लागि पाउनुपर्ने रकममा पनि विभेद भइरहेकाले सबैलाई एउटै रकम दिने व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले चुरोट र बिँडीजस्ता क्यान्सर निम्तिनसक्ने चिजहरुबाट कर बढाइ त्यसले क्यान्सरका बिरामीहरुको उपचार गर्नुपर्ने बताउनु भयो । त्यस्तै स्वास्थ्य मन्त्रालय अन्तर्गतको नीति, योजना र अनुुगमन महाशाखाका प्रमुख कृष्णप्रसाद पौडेलले राजनीतिक दबाबका कारण दुर्गम क्षेत्रमा चिकित्सकहरु पठाउन कठिनाइ हुने गरेको बताउनु भयो । उहाँले सबैखाले संरचना र प्रणालीमा सुधार गर्दै अघि बढ्नुपर्ने बेला भइसकेको बताउनु भयो । उहाँले चिकित्सकको पेशामा पनि रकम लेनदेन, अनावश्यक रिफर गराउने लगायतका विकृतिहरु रहेको बताउनु भयो । उहाँले कतिपय अस्पतालले रिफरका लागि मात्रै अवैध रुपमा अस्पतालका शाखाहरु बिस्तार गरिरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एउटा चिकित्सकलाई दुर्गममा पठाउने ठाउँमा म छु तर पठान नसक्ने बनाउने पनि प्रणाली छ, हाम्रोमा किन खटाएको यो मेरो मान्छे हो, भन्ने गर्नुभएको छ । अझै हामी धेरै सुध्रिनुपर्छ । हामीले हाम्रै पेशा भित्र पनि अनावश्यक रिफर गर्ने गर्छौं त्यसलाई सुधार्न जरुरी छ । रकमको लेनदेन पनि छ । हाम्रो अस्पतालमा रिफरका लागि कुनै अस्पतालका शाखाहरु पनि खोलिएका छन् । दर्ता कहाँ छ थाहा छैन । म पनि स्वास्थ्य मन्त्रालयको नीति, योजना र अनुुगमन महाशाखामा छु, मलाई पनि थाहा छैन । प्रमुख पौडेलले रिफरका लागि निर्माण गरिएका कतिपय अस्पतालका शाखाहरु आफू हेर्नुपर्ने ठाउँमा भएर पनि जानकारीमा नआएका रिफर सेन्टरहरु रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here