१८ माघ, काठमाडौँ ।
गृहमन्त्रालय सहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष एम्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले आफै राख्ने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा छन् । यो संसदलाई पाँँचै वर्ष चलाउन विवेक प्रयोग गर्न सक्ने र राष्ट्रिय व्यक्तित्व खोजी गरिएको र त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न एमाले, कांग्रेससहित सबै दलको सहमत गराउनुपर्ने छ । त्यस्तो अवस्थामा कुनै दल चिढिएमा मिलाउन सहज हुने भएकाले तीनै मन्त्रालय प्रचण्डले आफैसँग राख्ने भएका हुन् । राष्ट्रपति र उपराष्ट्रपतिमा एक खालको समझदारी बनाएर गएपछि सबै मन्त्रालयको भागवण्डा गर्न समेत सहज हुने बताएको छ । त्यो अवस्थासम्म रास्वपा र एमालेलाई कसरी चित्त बुझाउँछन् परिस्थितिले निर्धारण गर्ने देखिएको छ ।
राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिए संगै प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । ‘गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिर अनेक खालका दबाब छन् । रबिले मुद्धा नसल्ट्याएर सतामा फर्किन खोज्दै हुनुहुन्छ । गृहमन्त्रालय पर्ण् ः चाहियो भनदै दबाब आइराखेको छ’प्रधानमन्त्री निकट एक नेताले भने, ‘प्रधानमन्त्री ज्यू गृह सहित तीन मन्त्रालय राष्ट्रिपतिको चुनाव नहुँदासम्म कसैलाई दिनेपक्षमा हुनुहुन्न् ।’ राष्ट्रपतिको चुनावका विषयमा सहमति भइनसकेकाले तीन मन्त्रालय आफैसँग राखेमा डिल गर्न सहज हुने बुझिईका छन् ।








