काठमाडौं १७ माघ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनले व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ । मंगलवार नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाल टेलिभिजनले आफूलाई थप व्यवसायिक र प्रतिष्पर्धी बनाउँदै लानुपर्ने चुनौति रहेको बताउनुभएको हो । उहाँले उपलब्ध साधन, स्रोत र जनशक्तिको परिचालन गरी व्यापारिक आम्दानीमा अभिवृद्धि गर्नुपर्ने बताउनु भयो । टेलिभिजनलाई आधारभुत जनताले महशुस गर्नेगरी योजनाहरु तय गर्न पनि उहाँले आग्रह गर्नुभयो । मन्त्री शर्माले नेपाल टेलिभिजनको विकास, क्षमता अभिवृद्धि तथा
कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकासप्रति मन्त्रालय सकारात्मक रहेको बताउनु भयो । उहाँले टेलिभिजनका कर्मचारीहरुले आफ्नो कर्मथलोप्रति सधैँ इमान्दार र प्रतिवद्ध भइ काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।








