प्रहरीद्वारा विदेशी ब्राण्डको नक्कली मदिरा बरामत, तीन जना पक्राउ ललितपुरको महालक्ष्मी नगरपालिबाट ठूलो परिणाममा विदेशी ब्राण्डको नक्कली मदिरा प्रहरीले बरामत गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा स्वदेश र विदेशी ब्राण्डका नक्कली मदिराको कारोबार बढेको सूचना पाएसँगै अनुसन्धान गर्दा प्रहरीले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ५ स्थित टिकाथलीको विभिन्न स्थानहरुमा

स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको नाम दिई नक्कली मदिरा बनाउने कारखानाबाट मदिरा बरामत गरेको हो । प्रहरीले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी विभिन्न विदेशी ब्राण्डको नक्कली मदिरा बनाउन कारखानामा संग्लन ३ जनालाई पक्राउ समेत गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक डा. मनोज केसीले कारखानाबाट नक्कली मदिरा र मदिरा बनाउन प्रयोग गर्ने केमिकल, विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका मदिराहरूको खालि बोतल,

राजश्व अन्तर शुल्कको प्रयोग गरिएका स्टिकर तथा लेवलिङ एवं प्याकेजिङ गर्ने मेसिन लगायत अन्य विभिन्न सामग्रीहरू बरामत गरेको बताउनु भयो । उहाँले नक्कली गोल्डेन वाक ६ बोतल, ८८४८ भोड्का ४८ बोतल, मुगलान ४२० बोतल, २०२० एफल ३० बोतल, खुकुरी राम ९२ बोतल र रुस्लान भोड्का १३२ बोतल बरामद गरेको बताउनु भयो । उहाँले डबल ब्ल्याक, रेड लेबलसहितका विभिन्न बोतलहरु पनि बरामद गरेको जानकारी दिनुभयो । उहाँले कारखाना खोल्ने र मदिरा बनाउन संग्लनलाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

प्रमुख, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय उहाँले मदिरा बनाउन संग्लन दोलखा स्थायी घर भएका निरोज उप्रेती,स्याङ्जाका धर्मी पौडेल र सिन्धुली स्थायी घर भएका गणेशबहादुर रानामगरलाई पक्राउ गरिएको बताउनु भयो । उहाँले थप अनुसन्धान गर्ने क्रममा काठमाडौंको मित्रनगरस्थित गौडेलले सञ्चालन गरेको एसटी लिक्वियर स्टोरमा समेत खानतलासी गर्दा गुणस्तरहीन नक्कली ब्राण्डका मदिरा भेटिएको बताउनु भयो ।

डा. केसीले नक्कली मदिरालाई स्टोरहरुमार्फत प्रचलित दरभाउ भन्दा कम मूल्यमा बेच्ने गरेको बताउनु भयो । स्वदेशी तथा विदेशी ब्राण्डका विभिन्न गुणस्तरहीन उक्त नक्कली मदिराहरु बनाउने तथा कालोबजारी ऐन अनुसारको कारबाही र भन्सार छलीको मुद्दा हालेर कारबाही गर्ने बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here