काठमाडौं ५ माघ ।
नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सभामुख पदका लागि ईश्वरीदेवी न्यौपाने योग्य पात्र भएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकमा न्यौपानेको पक्षमा पार्टी रहने भन्दै समर्थनमा उहाँले न्यौपानेलाई सबै दलहरुले मत दिएर जिताउनुपर्ने बताउनुभएको हो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले झैँ काँग्रेस सभामुख उम्मेदवार न्यौपानेलाई सर्वसम्मत जिताउनुपर्ने बताउनु भयो । उहाँले संसदले न्यौपानेलाई जिताए सभाले खोजेको सभामुख पाउने बताउनु भयो । राष्ट्रिय सहमतिको हिसावले जाने हो भने उम्मेवार न्यौपानेलाई जिताउनुपर्ने र प्रधानमन्त्रीको पार्टीले अवश्य नै न्यौपानेलाई मत हाल्लने विश्वास लिएको बताउनु भयो ।








