
काठमाडौं ५ माघ ।
पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले २० प्रतिशत आयात घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सन्तुष्टि लिन नहुने बताउनुभएको छ । बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अर्थतन्त्र अबको बाटो विषयक कार्यक्रममा बोल्दै खतिवडाले बढी पुँजी निर्माण गर्ने औद्योगिक कच्चा पदार्थ, पुँजीगत आयात २० प्रतिशतले घटेर ४५ अर्ब विदेशी मुद्रा सञ्चिति हुँदैमा सरकारले सन्तुष्टि लिन नहुने बताउनुभएको हो । उहाँले अब १२ देखि १५ प्रतिशत आयात बढ्दा समेत भुक्तानी सन्तुलन बिग्रने चुनौति रहेको बताउनु भयो । उहाँले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताउनु भयो । उहाँले सुरक्षित अवतरण गर्न खोज्दाखोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनुपर्ने अवस्थामा रहेको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले रनवेबाट बाहिर गएको जहाजलाई राष्ट्र बैंकले सही ठाउँमा ल्याउन प्रयत्न गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले दुई÷तीनवटा फ्याकटरहरु सही हुँदा नेपालको अर्थतन्त्र सही गति र दिशामा उड्नसक्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले हरेक क्षेत्रमा थप लगानी ल्याउनुभन्दा तत्कालीन क्षमता बढाउने योजना आवश्यक रहेको बताउनु भयो । उहाँले ब्याजदर घटेर केही नहुने भन्दै नेपाललाई रोजगारी वृद्धि,निर्यात र
उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेपनि ५ प्रतिशत आर्थिक वृद्धि गर्न सकिने बताउनु भयो । उहाँले उद्योगी व्यवसायीहरुले बैंकको ब्याजदर एकल अंकको आउनुपर्छ भनेपनि अब निक्षेपको ब्याजदर आउनसक्ने तर कर्जाको ब्याजदर तत्काल एकल अंकमा आउन नसक्ने बताउनु भयो । उहाँले ब्याज घटेपनि एकल अंकमा निक्षेपको ब्याज र कर्जाको ब्याज सबैभन्दा कम दोहोरो अंकमा कर्जाको ब्याज आवश्यक रहेको बताउनु भयो । खतिवडाले पछिल्लो समय कालो सूचीमा पर्नेको संख्या बढीरहेको बताउनु भयो । पूर्वअर्थमन्त्री खतिवडाले वर्षौंसम्म अवैध रुपमा चल्ने गिटी, बालुवा, क्रसर तिब्र निर्माणको समयमा बन्द गर्न नहुने बताउनु भयो । उहाँले निर्माण गर्ने समयमा क्रसर उद्योग बन्द गराएर ठेकेदारले समयमा काम सम्पन्न गरेन भन्न नमिल्ने बताउनु भयो । उहाँले सरकारले क्रसर उद्योगका समस्या किस्ताकिस्तामा समाधान गर्नुपर्ने बताउनु भयो ।







