काठमाडौं  १ माघ ।

५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने सरकारको निर्णय सरकारले यती विमान दुर्घटनमा परी ज्यान गुमाउनेहरुको शोकमा माघ २ गते ९भोलि० सार्वजनिक बिदा दिएको छ ।  आईतवार काठमाडौंबाट पोखरा उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेहरुको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरिएको उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनु भयो । उहाँले सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुका साथै एक दिन शोकपूर्ण घटनामा
सार्वजनिक बिदा दिने निर्णय गरेको बताउनु भयो । त्यस्तै सरकारले घटनाका बारेमा जानकारी लिन चाहने परिवार आफन्त र अन्य सरोकारवालाहरुका लागि सम्पर्क गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने, पार्थिव शरीर बुझ्न र आफ्नो आफ्नो स्थानमा लैजान चाहनेको लागि सहजीकरण गर्न आवश्यक प्रवन्ध मिलाउने निर्णयसमेत गरेको छ । त्यस्तै दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्ता घटना हुन नदिन अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको पनि उहाँले बताउनु भयो । पूर्वसचिव नागेन्द्र घिमिरे संयोजक रहनुभएको जाँच आयोगमा सदस्यमा हवाईविज्ञ दीपकप्रसाद बास्तोला, हवाई विज्ञ सुनिल थापा, हवाई मर्मत सेक्टरका इन्जिनियर एकराजजंग थापा र जाँच आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ । आयोगले ४५ दिनको समयावधिमा दुर्घटनाको कारण पहिचान गर्ने र आगामी दिनमा त्यस्तो
दुर्घटना हुन नदिन अपनाउनु र गर्नुपर्ने कारण पहिचान गरी सुझावसहितको प्रतिवेदन प्रश्तुत गर्नेछ । प्रतिवेदन प्राप्त भएलगत्तै सरकारले आवश्यक निर्णय लिने मन्त्री पौडेलले बताउनु भयो । उहाँले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फ देशका सबै वायुसेवा कम्पनीहरुले आन्तरिक उडानमा रहेका आफ्ना विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्नका लागि निर्देशन दिने निर्णय गरेको र यसको अनुगमन नागरिक उड्डयन प्राधिकरणले गर्ने बताउनु भयो ।
उपप्रधानमन्त्री पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल घटनास्थलको अवलोकनका लागि पोखरा जान लागेको बताउनु भयो । उहाँले घटनास्थलको अवलोकनपछि प्रधानमन्त्रीले आवश्यक निर्देशन दिने बताउनु भयो । आईतवार बिहान १०ः३२
बजे त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको कल साइन नाइनएन एएनसी फ्लाइट नम्बर ६९१ एटीआर ७२ जहाज करिव ११ बजेको आसपासमा पोेखरा विमानस्थलबाट २ किलोमिटरको नजिककमा सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा क्याप्टेन कमल केसीसहित चालक दलका ४ जना सदस्य र स्वदेशी र
विदेशी यात्रुहरु ६८ गरी कुल ७२ जना सदस्य रहेको सरकारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here