काठमाडौं  ५ पुस  ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई प्रश्ताव गर्ने बताउनुभएको छ । मंगलवार सिंहदरबारमा संसदीय दलको नेतामा देउवाको प्रश्तावकका रुपमा पुग्नुभएका उहाँले अहिलेको असहज परिस्थितीमा नेपाली काँग्रेस भित्र विश्वासको वातावरण बनाउन आवश्यकता भएकाले पार्टी सभापति शेर बहादुर देउवालाई संसदीय दलको नेतामा प्रश्ताव गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले संसदीय दलको नेतामा सभापति देउवा निर्बिरोध हुने दाबीसमेत गर्नुभयो । तर संस्थापन इतर पक्षबाट पार्टी महामन्त्री गगनकुमार थापा संसदीय दलको नेतामा प्रतिष्पर्धा गर्दै हुनुहुन्छ । पार्टीका नेता डा. शेखर कोईरालाले युवा पुस्तान्तरणका लागि आफूले गगनलाई सममर्थन गरेको बताउँदै गगनलाई संसदीय दलको नेतामा समर्थन गर्न पार्टीका सांसदहरुलाई आग्रह गर्नुभएको छ । संस्थापन पक्षबाट भने प्रधानमन्त्री एवं पार्टी सभापति देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दिन सिंहदरबार पुगिसक्नुभएको छ । नेता पौडेलले नवनिर्वाचित काँग्रेसका सांसदहरुलाई पार्टी सभापति देउवालाई सर्वसहमत संसदीय दलको नेता चयन गर्न आग्रह समेत गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here