Interview with Nepal Communist Party (NCP) Chief Whip and the party’s Standing Committee member Dev Prasad Gurung, in Kathmandu, on Friday, ‎February ‎15, ‎2019. Photo: Naresh Krishna Shrestha/THT

काठमाडौं १ पुस  ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा सोच्न पनि नसकिने बताउनु भएको छ ।मुलुकमा आर्थिक तथा वैदेशिक हस्तक्षेप चुलिएको बेला राजनीतिक पृष्ठभूमिभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा राष्ट्रिय आत्मसमर्पणवादी चिन्तन हुने महासचिव गुरुङको भनाई थियो । संवाद डबलीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले यो व्यवस्था र प्रणाली रहुन्जेल मुलुकको नेतृत्व गर्ने कुरा राजनीतिक दलहरुको नेतृत्वले नै गर्नुको विकल्प नरहेको स्पष्ट पार्नु भयो । उहाँले राजनीतिक दलहरुभन्दा बाहिर गएर राष्ट्रपति बनाउने कुरा आफ्नो दल र सत्तारुढ पाँचदल भित्र कहीँकतै पनि कुरा नउठेको पटकपटक दोहो¥याउनु भयो । महासचिव गुरुङले गैर राजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने कुरा अहिलेको राजनीतिक प्रणाली अनुकूलको दृष्टिकोण नभएकाले मान्य नहुने तर्क समेत गर्नु भयो ।

महासचिव गुरुङले यो व्यवस्थाको प्रस्तावक रहेको भन्दै अव बन्ने सरकारको नेतृत्वमा आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहालको दावी रहेको पनि बताउनु भयो । तर संसदमा कुनै पनि दलको बहुमत नभएकाले दलहरुबीचको सम्झौंताबाट नै सरकारको नेतृत्व चयन हुने अवस्था मुलुकमा विद्यमान रहेको उहाँले बताउनु भयो । महासचिव गुरुङले माओवादी विचारले मुलुकलाई नेतृत्व गरेको र त्यसको नेता हुनुको नाताले पार्टी अध्यक्ष दाहालको नेतृत्वमा सरकार हुनु स्वभाविक हुने जिकीर समेत गर्नु भयो । उहाँले सरकारको नेतृत्व, मुलुकको नेतृत्व मुलुकलाई स्वाधिन ढंगले अघि बढाउने गरी खोज्नुपर्ने आवश्यक्ता समेत औंल्याउनु भयो ।महासचिव गुरुङले मुलुक सामू चुनौति रहेकाले त्यसको सामना हुने गरी अघि बढन सबै दलहरुले सहकार्य गरेर अघि बढनपर्ने अवस्था रहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here