२०७९ कात्तिक २९ गते । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको कामगरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनुभएको छ ।  मंगलवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा सहभागी बन्नुभएका उहाँले नेकपा एमाले जनताको काम गरेर नै उचाईमा पुगेको बताउनुभएको हो । उहाँले आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुले सकारात्मक प्रतिक्रिया दिइरहेको बताउनु भयो । उहाँले यसपटक
मतदाताहरुले विगतको भन्दा र सोचेको भन्दा पनि राम्रो प्रतिक्रिया दिइरहेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष पोखरेलले

आम नागरिकहरु नेकपा एमालेप्रतिको सद्भाव र विश्वासमा ढुक्क रहेकाले आसन्न निर्वाचन नेकपा एमालेले जित्ने
दाबी गर्नुभयो । उहाँले नेकपा एमाले वचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित र समर्पित रहेको बताउनु भयो । जनताको काम गरेर एमालेले बनाएको उचाईलाई नेपालका अन्य कुनै पार्टीले प्राप्त गर्न नसकेको
बताउनु भयो । उहाँले भन्नुभयो, ‘जनताको अत्यन्त सकारात्मक प्रतिक्रिया छ । हामीप्रतिको सद्भाव र विश्वास व्यक्त गर्नुभएको छ । हामीले सोचे भन्दा राम्रो प्रतिक्रिया पाएका छौँ । नेकपा एमाले जुन ढंगले यो ठाउँमा स्थापित छ,
विचार, संगठन, नेतृत्व, जनताको काम गर्ने हिसावले संगठित छ, त्यो उचाई अरु कसैले प्राप्त गर्न सकेका छैनन् ।’

वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेकपा एमालेबाट प्रतिनिधि सभाका लागि उम्मेदवार हुनुहुन्छ । निर्वाचनको दिन नजिकिएसँगै नेताहरु अहिले जनताको घरदैलोमा पुगेर भोट माग्ने क्रम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here