काठमाडौं २० कात्तिक ।

नेकपा एमालेका उपाध्यक्ष एवं रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्ट कार्यान्वन गरेरै छोड्ने प्रतविद्धता जनाउनुभएको छ । आईतवार बुटवलमा आयोजित एक कार्यक्रमका बीच उपाध्यक्ष पौडेलले आफूले गरेका काम र भावी योजना समेट्दै चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गर्ने क्रममा यस्तो बताउनुभएको हो । उहाँले आयोजना शुरु गरेर अन्त्य गर्ने बिन्दुमा पु¥याएर छोड्ने पनि बताउनु भयो । उपाध्यक्ष पौडेलले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टबाट १४० मेगावाट विद्युत उत्पादन गर्ने र १ लाख भन्दा बढी हेक्टर जमिनमा सिंचाई पुग्ने बताउनु भयो । उहाँले कालीगण्डकी–तिनाउ ड्राइभर्सन प्रोजेक्टमा विभिन्न व्यवधान आउनसक्ने उल्लेख गर्दै यसलाई कार्यान्वयन गरेरै छोड्ने बताउनु भयो । उहाँले विगतका निर्वाचनमा पन िभूमिहीन र सुकुम्वासीका समस्या समाधान गरेको उल्लेख गर्दै अबका दिनमा पनि त्यसलाई निरन्तरता दिने बताउनु भयो । उहाँले सुकुम्वासी र भूमिहीनका समस्या समाधानका लागि कानूनका आधारमा समस्याको स्थायी समाधान गर्ने उल्लेख गर्नुभयो । उहाँले सुशासन, विकास र समृद्धिको लक्ष्यप्राप्तिका लागि सरकारी कार्यालय प्रशासनिक तथा प्राविधिक कर्मचारीलाई कर्तव्यपरायण, सक्षम र परिणाममुखी बनाउने, प्रशासनिक संयन्त्रलाई भ्रष्टाचारमुक्त बनाउने बताउनु भयो । उपाध्यक्ष पौडेलले सार्वजनिक सेवाप्रवाहलाई विश्वसनीय, पारदर्शी र भरपर्दाे बनाउन सबै सरकारी कार्यालयहरूमा विद्युतीय सुशासन प्रणाली कार्यान्वयन गरिने बताउनु भयो ।
उपाध्यक्ष पौडेलले प्राचिन सभ्यताहरुको संरक्षण र विकासको अविभारालाई सम्पन्न गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले विकास प्रक्रियामा स्थानीय जनताको सहभागितालाई महत्व दिने, सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र एवं सामुदायिक क्षेत्रको साझेदारी र सहकार्यलाई प्रवद्र्धन गर्न आवश्यक कानूनी, संस्थागत एवं प्रक्रियागत व्यवस्था मिलाउने बताउनु भयो । पौडेलले विगतमा रूपन्देहीलाई विकासका दृष्टिले देशकै नमूना बनाउने उद्देश्यका साथ भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा महत्वपूर्ण काम अघि बढाएको बताउनु भयो । सम्पन्न भएका आयोजनाहरूको प्रभावकारी व्यवस्थापन गर्ने, निर्माणाधीन आयोजनाहरू सम्पन्न गर्ने र तयारी अवस्थामा रहेका आयोजनाहरू शुरु र सम्पन्न गर्ने बताउनु भयो । उहाँले खेल क्षेत्रमा केही महत्वपूर्ण पूर्वाधारहरु निर्माण गरी खेलकुदमा रुपन्देी जिल्लालाई आकर्षणको केन्द्रका रुपमा अघि
बढाउने र पूर्वाधारमा स्टेडियम, रंगशाला बनाउने योजना रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here