काठमाडौं,७,असोज  ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र) जनताको शान्तिको चाहनासँग एकाकार रहेको बताउनुभएको छ ।  बिहीवार काठमाडौंमा भएको पूर्व प्रधानमन्त्री थापाको मेरा नौ दशक पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनतामा अझै पनि युद्ध गरेर आएको दल शान्तिप्रतिको लगावमा छैन कि भन्ने भ्रम रहेको भन्दै सबैले
यस्तो विभ्रमलाई दिमागबाट हटाउन आवश्यक रहेको बताउनु भयो । अध्यक्ष दाहालले अहिले पनि नेकपा ९माओवादी केन्द्र० मा मानवता,लोकतन्त्र, परिवर्तन, न्याय र समानताप्रतिको उद्देश्य उस्तै रहेको बताउनु भयो । उहाँले शान्तिप्रतिको
लगाव र निष्ठा नभएको हुन्थ्यो भने, मानवता र लोकतन्त्रप्रतिको निष्ठा नभएको भए शान्तिप्रक्रियाको सम्झौता सम्भव नभएको जिकिर गर्नुभयो । अध्यक्ष दाहालले शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीयतालाई व्यवस्थित गर्न लोकतान्त्रिक प्रक्रियामा सबभन्दा बढी गहिराइको साथ लागेको बताउँदै नेपालमा युद्धले शान्ति ल्याएको बताउनु भयो । अध्यक्ष दाहालले पूर्व प्रधानमन्त्री स्व।सूर्यबहादुर थापाको आत्मकथाबाट धेरै कुरा सिकेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here