रौतहटमा मनोज चौधरी स्मृति पत्रकारिता पुरस्कार गोरखापत्रको नायव कार्यकारी सम्पादक विवेकानन्नद मिश्रलाई प्रदान गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नु भएको छ । नेपाल पत्रकार महासंघ रौतहट शाखाले आयोजना गरेको जिल्लाको मध्य भाग गरुडामा सो कार्यक्रम आयोजन गरिएको थियो।

पच्चिस हजार धनराशी रहेको उक्त पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ रौतहट शाखाले मिश्रको नाम छनौट गरेर आज वितरण गरिएको छ । सोृपुरस्कारको पहिलो संस्करण पाउने व्यक्ती मिश्र बनेका छन् ।
महासंघका शाखा सभापति प्रेमचन्द्र झाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्नभएको थियो ।
सो अवसरमा मधेश प्रदेश सरकारका उधोग,पर्यटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणी प्रसाद जयसवाल, गौर नगरपालिकाको प्रमुख शम्भु साह, गरुडा नपाको उप प्रमुख पुनम चौधरी र नेपाल पत्रकार महासंघ रौतहट शाखाको उपाध्यक्ष प्रविन कुमार शर्मा सचिव मदन ठाकुर र बिभिन्न संचारकर्मी लगायतका बिभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here