काठमाडौैं,३१,साउन ।
निर्वाचन आयोगले निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताका लागि निवेदन दिएका
सबै दलको भोलि (बुधवार) बाट जाँच गर्ने भएको छ ।
मंगलवार निर्वाचन आयोगमा दल दर्ता निवेदन गर्न पुगेका दलहरुको बारेमा
जानकारी गराउँदै आयोगले यस्तो बताएको हो । सञ्चारकर्मीसँगको कुराकानीमा
निर्वाचन आयोग, नेपालका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी मंसिर ४
गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचन प्रयोजनार्थ आयोगमा दल दर्ताको
निवेदन दिएका सबै दलहरुको भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन्
कि छैनन् ? प्राप्त गर्नुपर्ने सबै कागजात छ कि छैन भन्नेकुराको परीक्षण
शुरु हुने बताउनु भयो । उहाँले सबै कुराको परीक्षण गरेर दलहरुलाई दर्ताका
लागि आयोगमा पेस गर्ने काम शुरु हुने बताउनु भयो । उहाँलै आयोगले निर्णय
गरेपछि, कानूनसम्मत आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि
दलहरु दर्ता हुने बताउनु भयो ।
निर्वाचन प्रयोजनार्थ आयोगमा दर्ताको निवेदन भएका सबै
दललाई भोलिबाट जाँचपरक गर्ने, हेर्ने, कानून बमोजिम छन् कि छैनन् ? प्राप्त
गर्नुपर्ने सबै कागजात छ कि छैन ? यो सबै कुराहरु हेरेर ती सबै दलहरुलाई
दर्ताका लागि आयोगमा पेस गर्नेछौँ । आयोगले निर्णय गरेपछि, कानूनसम्मत
आयोगले ठहर गरेको खण्डमा आगामी निर्वाचन प्रयोजनका लागि ती दलहरु दर्ता
हुनेछन् ।’
प्रवक्ता पौडेलले संयुक्त निर्वाचन चिन्ह लिएर चुनावमा प्रतिष्पर्धा गरेपनि
निर्वाचनपछि भने सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय दल गठन हुने
बताउनु भयो । उहाँले चुनावमा कुनै एउटा चिन्हबाट प्रतिष्पर्धा गरेको भएपनि
निर्वाचनपछि चुनाव चिन्ह लिएको दलको भन्दा अर्को पार्टीले बढी सिट ल्याएमा
बढी सिट ल्याएको पार्टीको नाममा संसदीय दल गठन हुने बताउनु भयो । उहाँले
पार्टीमा सदस्य फरकफरक भएपनि संसदीय दल भने एउटै रहने बताउनु भयो । उहाँले
संसदीय दलको ह्वीप यदी मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी
व्यवस्था रहेको उल्लेख गर्नुभयो ।
अहिलेसम्म भएको कानूनमा संयुक्त निर्वाचन चिन्ह
निर्वाचनमा प्रतिष्पर्धा गर्ने दलहरु मध्ये आखिर चिन्ह मात्रै एउटा हो ।
उहाँहरु बेग्लाबेग्लै दलको हो । बेग्लाबेग्लै दलको रुपमा र बेग्लाबेग्लै
दलको हैसियतले चुनाव लड्नुहुन्छ, चिन्ह एउटै भएपनि । त्यसकारण कुन दलले
जित्यो भन्नेकुरा थाहा भइहाल्छ । किनभने टिकट दिनेदेखिका सबैकुरा आफ्नो
दलले गर्ने हो । निर्वाचनपछि सबैभन्दा बढी सिट ल्याउने दलको नाममा संसदीय
दल गठन हुन्छ । यहाँ कुनै एउटा चिन्हबाट लडेको भएपनि भोलि त्यसले भन्दा
अर्को चिन्हवालाले बढी ल्यायो भने त्यसको नाममा संसदीय दल गठन हुन्छ ।
सदस्य फरक फरक भएपनि त्यो एउटा संसदीय दल हो । त्यो संसदीय दलको ह्वीप यदी
मानेनन् भने त्यसमा सदस्यता नरहने सम्मको कानूनी व्यवस्था छ ।’
प्रवक्ता पौडेलले मतदाता नामावली अद्यावधिकको काम अहिले ७७ वटै जिल्लामा
भइरहेको बताउनु भयो । उहाँले निर्वाचन आयोगले अहिले प्रतिनिधि सभा र प्रदेश
सभा सदस्यको पर्यवेक्षणको लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु पनि आह्वान
गर्न लागेको बतउनु भयो । र्दछौँ । निर्वाचनका लागि चाहिने सामग्रीहरु
टेण्डरको लागि पनि काम भइरहेको बताउनु भयो । उहाँले निर्वाचनका लागि चाहिने
बजेटको बारेमा पनि छलफल भइसकेको बताउनु भयो ।







