२२ साउन, ।
रेसुङ्गा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा -एसईई)मा ३.२० जीपीए ल्याएर जिल्लामै पढ्ने विद्यार्थीहरुलाई मासिक चार हजार दिने भएको छ ।अध्ययन प्रोत्साहनका लागि नगरपालिकाभित्रै पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रममार्फत नगरपालिकाले सहयोग घोषणा गरेको हो ।शौक्षिक पलायन, बसाइँसराइ जस्ता प्रमुख समस्याहरुलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याइएको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए ।
उनले नगरपालिकाभित्र शौक्षिक गुणस्तर वृद्धि गर्न यस्तो कार्यक्रम आबश्यक रहेको उल्लेख गरे ।यस कार्यक्रमले यहाँका नगरिकहरुले आˆना छोराछोरीहरुको भविष्य सुनिचित गर्न सहयोग पुग्ने अपेक्षा नगरपालिकाको रहेको छ ।तोकिएको अंक ल्याएका विद्यार्थीहरु रेसुङ्गा नगरपालिका अन्र्तगतका विद्यालयमा अध्ययन गरेका र नगरपालिकाको स्थायी ठेगाना भएको हुनुपर्नेछ ।
नेपालको जुनसुकै विद्यालयमा अध्ययन गरी (एसईई)०७८ को नतिजामा ३.२० देखि माथि जि.पि.ए ल्याएका विद्यार्थीलाई नगरपालिकाले अध्ययन प्रोत्साहन छात्रवृत्ति उपलध्ध गराउने रेसुङ्गा नगरपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद ज्ञवालीले जानकारी दिए । आगमी शौक्षिक सत्रदेखि निरन्तर यो अभियान जारी रहने उल्लेख गरिएको छ ।रेसुङ्गा नगरपालिका भित्र ०७८ को माध्यामिक शिक्षा परीक्षाको (एसईई) मा विभिन्न विद्यालयमा अध्ययन गरी ३.२० जीपीए ल्याउने विद्यार्थी संख्या हालसम्म १४६ रहेको छ ।








