काठमाडौं,२१,साउन  ।

नवगठित नेपाल समाजवादी पार्टीका नेता एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी, नेपाल (जसपा) जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा पतन हुने अवस्था आएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको बताउनु भएको छ । नेता भट्टराईले जसपाले देश र जनताको हित गर्न नसक्ने र यो पार्टी जातीय÷क्षेत्रीय संकीर्णताको बाटोमा जाने निष्कर्षसहित आफूहरुले मुलुकको बैकल्पिक राजनीतिक शक्ति निर्माणको ध्येय पूरा गर्न नयाँ पार्टी पुनर्गठन गर्न बाध्य हुनु परेको बताउनु भएको हो । ललितपुरको बालकुमारीमा शनिबार (आज) सुरु भएको पार्टी केन्द्रिय समितिको प्रथम बैठकमा बोल्दै उहाँले पार्टीको बैधानिकतालाई पूरा गर्दै आगामी कार्यभार तय गर्ने बैठकको मूल एजेन्डा रहेको पनि स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, ‘जसपाले संर्कीण एउटा क्षेत्रगत, जातिगत संकीर्णता राखेर देश र जनताको हित गर्न नसकेको देखियो । हामीले संघर्षहरु ग¥यौं, बहसहरु ग¥यौं । जब त्यो परिणाममा देखा पर्न सकेन । हामी त्यहीँ पार्टीलाई रुपान्तरण गरेर अघि बढन सक्ने अवस्था देखिएन । त्यसपछि हामीले गत असार २८ र २९ गते केन्द्रिय समितिको बिस्तारित बैठक आयोजना गरेर रुपान्तरणको केही सम्भावना हुन्छ कि भन्ने हामीले अन्तिम प्रयत्न ग¥यौ । तर जो मानिसहरु उही पुरानै बाटोमा हिँडन अभ्यस्त थिए । उनीहरुले रुपान्तरणको कुनै संकेत देखाएनन् । उल्टै पार्टीलाई एउटा नयाँ ढंगले विघटनको दिशातिर, विर्सजनको दिशातिर लिएर जाने जुन प्रयत्न गरे । त्यसबाट यो पार्टी रुपान्तरण हुन सम्भव छैन, यसलाई पुनर्गठननै गर्नुपर्छ भन्ने निष्कर्ष निकालेर जनता समाजवादी पार्टी संकीर्ण जातीय, क्षेत्रीय बाटोमा पतन हुने देखियो । त्यसले अव देशको बैकल्पिक राजनीतिको कार्यभार पुरा गर्न सक्दैन । त्यसैले अव हामी फेरी नयाँ ढंगले पुनर्गठन गरेर जानुपर्छ भन्ने मान्यताका साथ हामीले जनता समाजवादी पार्टी निर्माण गरेर हामी अघि बढेका छौं । वैधानिक ढंगले यसले पूर्णता प्राप्त गर्न अझै बाँकि छ । यो केन्द्रिय समितिको हाम्रो मुख्य मक्सद भनेको पुनर्गठित यो पार्टीको बैधानिकतालाई पूरा गर्ने र त्यसपछि विभिन्न पक्षहरुसँग राष्ट्रिय÷अन्तराष्ट्रिय परिस्थितिको समेत आँकलन गर्दै आगामी दिनको कार्यभार तय गर्ने यो नै हाम्रो यो बैठकको मूल एजेण्डा हो । त्यसो हुनाले म सम्पूर्ण साथीहरुलाई पत्रकार मित्रहरुलाई मेरो चाँही आग्रह छ–हामी एउटा नयाँ इतिहास रच्ने हिम्मत र आँट सुरु गरेको छौं । नयाँ काम जहिले पनि अप्ठ्यारो हुन्छ । तर अप्ठ्याराहरुसँग जुधेर मात्रै रुपान्तरणकारी कामहरु गर्न सकिन्छ सजिलो बाटो त जो पनि हिँडछ । समस्याहरुको समाधानका निम्ति असजिलो बाटो हिँडने हिम्मत र साहस गर्नुपर्छ । हामीेले त्यो हिम्मत र साहस गरेका छौं । त्यो धेरै कठिन देखिन सक्छ । तर हामीसँग जुन बैकल्पिक विचार छ । संगठनात्मक ढाँचा र शैलीको जुन हाम्रो जोड छ । संगठन र नेतृत्वको नयाँ प्रणालीको सोच जुन हामीले बनाएका छौं । र, देशको स्थितिको मूल्यांकन गरेर आगामी कार्यभार हामी तय गर्दैछौं । यसले देशलाई एउटा बैकल्पिक बाटो देखाउँछ भन्ने हामीलाई विश्वास छ ।

नेता भट्टराईले आगामी निर्वाचनमा नजिकका विचार मिल्ने राजनीतिक शक्तिहरुसँग चुनावी तालमेल र गठबन्धनका लागि प्रयास गर्ने पनि बताउनु भयो । जनताका मुद्धाहरुलाई चुनावको क्रममा महत्वपूर्ण ढंगले उठाउने उल्लेख गर्दै उहाँले ती विषयहरुमा गम्भिर छलफल गरी पार्टीको कन्द्रिय समिति बैठकले आवश्यक निर्णय लिने बताउनु भयो । नेता भट्टराईले भन्नु भयो, ‘अव जहाँसम्म आगामी निर्वाचनको कुरा छ । अस्तीमा मात्रै निर्वाचन घोषणा भईसकेपछि धेरै मानिसहरुमा जिज्ञासा छ । अव यो नयाँ नेपाल समाजवादी पार्टीले निर्वाचनलाई के गर्छ ? भन्ने जहाँसम्म जिज्ञासा छ । मैले अघि पनि संकेत गरेँ–हामी सदन, सडक र सरकार अर्थात सडक संघर्ष, चुनावी संघर्ष र सरकारमा गएर पनि गरिने सुधारात्मक काम यी सबैको संयोजनबाट मात्रै हामीले अगाडि सारेको समावेशिता, संघीयता, सुशासन, समृद्धि समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने हाम्रो मान्यता छ । त्यस अनुरुप जुन हाम्रो आगामी निर्वाचन छ, यसबारेमा पनि हामीले यो बैठकमा गम्भिर छलफल गरेर यसलाई कसरी हामीले प्रयोग गर्ने यसको निम्ति हामी एक्लै अगाडि बढेर हुन्छ या विचार मिल्ने नजिकका शक्तिहरुसँग सहकार्य गरेर हुन्छ, त्यसबारेमा पनि हामी गम्भिर विचार विमर्श गर्नेछौं । र, त्यसको आधारमा हामीले निष्कर्ष निकाल्नेछौं । म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु–सहभागी साथीहरुलाई आश्वस्त पार्न चाहन्छु–हामीले नयाँ इतिहास कोर्ने जुन हिम्मत र साहस गरेको छौं । त्यो बाटो केही अप्ठ्यारो भएपनि अन्ततः विजय हाम्रै हुनेछ । किनकि जस्ले इतिहासको आवश्यक्तालाई बुझेर, त्यसका नियमहरुलाई बुझेर अग्रगामी परिवर्तनका साथ लाग्ने साहस गर्दछ । ढिलो वा छिटो जित उसैको हुन्छ । र, निर्वाचनका निम्ति हामीले सम्भव भएसम्मका नजिकका विचार मिल्ने शक्तिहरुसँग चुनावी तालमेल, गठबन्धन आदिका निम्ति प्रयास गर्नुछ । र, जनताको मुद्धाहरुलाई, जनताका विषयबस्तुहरुलाई चुनावको क्रममा पनि महत्वपूर्ण ढंगले उठाउने प्रयत्न गर्नुछ । यी सबै विषयहरुमा हाम्रो छलफल भएर आवश्यक निर्णय लिनेछौं । नेता भट्टराईले आफ्नो पार्टीले समावेशिता, संघीयता, सुशासन, समृद्धि र समाजवादको लक्ष्य प्राप्त हुन सक्छ भन्ने मान्यता अघि सारेको उल्लेख गर्दै त्यसलाई पूरा गरी मुलुकको बैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here