काठमाडौं ,२० साउन, ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचनको मिति घोषणा गर्नका लागि क्याबिनेट बैठक बस्नु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेको तर संवाद हुन नसकेको बताएका छन् ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्नो दलसँग परार्मशसमेत नगरी सर
शुत्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ पाँच दलको बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सञ्चारमन्त्री कार्कीले भने, ‘अब यो तपाईहरुलाई पनि थाहा दिऊ-प्रधानमन्त्रीले क्याबिनेट सुरु हुनु अघि प्रमुख प्रतिपक्ष दलका नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गर्नु भएको थियो । त्यसमा म पनि उपस्थित छु । तर त्यो बेला फोन संवाद हुन सकेन । त्यसपछि निर्णय भयो । मंसिर ४ गते निर्वाचन हुने कुरा अपेक्षित कुरा हो ।’
मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने कुरा अपेक्षित रहेको उल्लेख गर्दै मन्त्री कार्कीले त्यसका लागि प्रमुख प्रतिपक्षसँग परामर्श गर्नै पर्ने भन्ने कुरा सत्यमा सत्यता नरहेको दावी समेत गरे ।कारले निर्वाचनको मिति घोषणा गरेको भन्दै असन्तुष्टि जनाइरहेका बेला मन्त्री कार्कीले यस्तो स्पष्टीरण दिएका हुन् ।मन्त्री कार्कीले सत्तारुढ दलहरुबीचको चुनावी तालमेललाई अघि बढाउनका लागि आवश्यक्ता अनुसार छलफल गर्दै अघि बढने सहमति पनि गरिएको बताए ।








