काठमाडौं,१७ साउन,  ।

पहिरोले चितवनको नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सोमबार रातिदेखि नै अवरुद्ध भएको सडक सञ्चालनमा आउन सकेको छैन ।लामो समय सडक अवरुद्ध भएपछि राजमार्गमा यात्रुहरू अलपत्र परेका छन् । यो सडक अवरुद्ध हुँदा पूर्वपश्चिम राजमार्गमा समेत प्रभाव भएको छ । त्यहाँ जाम लागेको छ ।

भरतपुर महानगरपालिका-२९ स्थित केराबारी र १७ किलो भन्ने ठाउँमा सडक अवरुद्ध भएको छ । सडकमा लेदोसहितको पहिरो खसिरहेकोले पन्छाउन समस्या भएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका डिएसपी प्रकाश श्रीमलले जानकारी दिए ।पहिरो पन्छाउने काम भइरहे पनि समय लाग्ने देखिएकोले आज पनि दिनभर यातायात अवरुद्ध हुनसक्ने उनको भनाइ छ ।चितवनको इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ र ३ जोड्ने पुलमा पनि पहिरो खसेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here