जनकपुरधाम उद्योग वाणिज्य संघले नेपाल विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रलाई ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएको छ । शुक्रबार जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महाषेठसहितका व्यापारीहरुले विद्युत प्राधिकरण जनकपुरधाम वितरण केन्द्रको प्रमुख लखनलाल मल्लिकलाई जनकपुरधामका स्थानीय र व्यापारीहरुले विगत केहि दिन देखि भोग्नु परेको समस्याप्रति ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाएका हुन । विगत केहि दिनदेखि गर्मी बढेसंगै जनकपुरधाम नगरक्षेत्र र यसको वरिपरी समेत दैनिक पटक पटक विद्युत काटिने, घण्टै सम्म विद्युत नआउने, विद्युत रहदा पनि भोल्टेज नरहने, घरका विद्युतिय समाग्रीहरु भोल्टेज फ्ल्कचुएसनका कारण जल्ने लगायतका समस्या देखापरेकाले नेपाल विद्युत प्राधिकरणलाई गंभीर भई उचित भोल्टेज सहित नियमित विद्युत प्रशारणको व्यवस्था मिलाउन संघले ध्भ्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएको संघका अध्यक्ष जितेन्द्र महाषेठले बताउनुभयो । ज्ञापन पत्र बुझ्दै प्राधिकरणका प्रमुख लखनलाल मल्लिकले विगतको वर्ष भन्दा १६ प्रतिसत विद्युतिय लोड बढेता पनि कर्मचारी अभावले गर्दा नियमीत विद्युत आपूर्तीमा समस्या भएको बताए । एक्कासी बढेको गर्मीले एकै समयमा विभिन्न ठाउँको फ्यूज उड्ने, सर्ट हुने जस्ता समस्या उत्पन्न भएकोले आफू र आफ्नो कर्मचारी टिमले नियमीत विद्युत आपूर्ती गर्न हर सम्भव प्रयास गरिरहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here