काठमाडौं,२०,असार ।
रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बुटवलबाट प्रहरी निरीक्षक युवराजजंग कार्कीको कमाण्डमा खटिएको गस्ती टोलीले उनीहरुलाई पक्रेको हो ।गएराति करिब साढे ८ बजे लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ६ बसपार्कबाट भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंका लागेर प्रहरी टोलीले पिछा गरेको थियो । प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि उनीहरु लडेका थिए ।घटनास्थलमा प्रहरी पुगेर चेक गर्दा मोटरसाइकल चालक ३४ वर्षीय चिनक भनिने मेदि हुसेनको दायाँ कम्मरको पेटिबाट कालो प्लास्टिकको झोलाभित्र केएफ ९ एमएम लेखेको एक थान कटुवा पेस्तोल, २ राउण्ड गोली र एक थान चक्कु फेला परेको प्रहरीको भनाइ छ ।मोटरसाइकलबाट लडेर घाइते भएका उनीहरूको प्रहरीको निगरानीमा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको अनुहारमा चोट लागेको छ र अवस्था मध्यम छ ।








