काठमाडौं,१९,असार  ।

भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस
उपहार दिएको छ ।आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा
नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स
र १७ वटा विद्यालय बस उपहार दिएको हो । नेपालका विभिन्न जिल्लामा अवस्थित
विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी,
गैरसरकारी तथा गैर नाफामुलक संस्थाहरुलाई एम्बुलेन्स र बस उपलब्ध गराएको
दुतावासले जनाएको छ । एम्बुलेन्स र बस प्रदान गरिएको कार्यक्रममा नेपालका
ागि भारतीय राजदुत नवीन श्रीवास्तव सहभागी हुनुहुन्थ्यो । श्रीवास्तवले
सम्बन्धित विभिन्न बस र एम्बुलेन्स प्रदान गरिएका संस्थालाई चाबी प्रदान
गर्नुभएको थियो ।  यो सहयोग भारत स्वतन्त्र भएको ७५ औँ वर्षगाँठको अवसरमा
प्रदान गरिएको हो । कार्यक्रममा मन्त्री पौडेल र नेपालका लागि भारतीय
रादजुत श्रीवास्तवले नेपाल र भारतको सम्बन्ध बलियो र सहयोगीपूर्ण हुने
उल्लेख गर्नुभएको थियो । भारतले सन् १९९४ यता नेपालका विविध जिल्लामा
अवस्थित विभिन्न संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस
उपहारस्वरुप प्रदान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here