काठमाडौं,१८,असार  ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गिरिजाप्रसाद
कोईराला विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको छ ।
शनिवार स्व. नेता गिरिजाप्रसाद कोईरालाको ९९ औँ जन्मजयन्तीको अवसरमा आयोजित
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडूले नेपालमा गिरिजाप्रसाद कोईराला
विश्व विद्यालय खोल्नुपर्ने बताउनुभएको हो । उहाँले अरु नेताहरुको नाममा
विश्वविद्यालय रहेको उल्लेख गर्दै स्व. नेता कोईराला आदर्श र मूल्यमन्यताको
प्रतिक भएकोले उनको नाममा जी.पी. कोईराला विश्व विद्यालयको स्थापना आवश्यक
रहेको बताउनु भयो । मन्त्री बडूले उत्कृष्ट विश्वविद्यालयको रुपमा आफूलाई
स्थापित गर्ने उद्देश्यकासाथ विश्व विद्यालय स्थापना हुनुपर्ने बताउनु भयो
। उहाँले जी.पी. कोईराला विश्व विद्यालय स्थापनार्थ सरकार सहयोग गर्न तयार
रहेको उद्घोष गर्नुभयो । मन्त्री बडूले गिरिजाप्रसाद कोईराला प्रधानमन्त्री
हुँदा नै काठमाडौं विश्व विद्यालयको रुपमा पहिलो विश्व विद्यालय स्थापना
गरेको र बहु विश्व विद्यालयको नीति अन्तर्गत खोलेका विश्व विद्यालयले आफ्नो
प्रतिष्पर्धा परिणाममा देखाइरहेको बताउनु भयो ।
मन्त्री बडूले क्षमतासहितको प्रतिष्पर्धी, उत्कृष्ट, आदर्श र उद्देश्य
राखेर जी.पी. कोईराला विश्व विद्यालय स्थापना गर्न सरकार सहयोगका लागि तयार
रहेको प्रतिवद्धता जनाउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here