सप्तरी,१४,असार।

दुर्घट्नामा परेका ट्रकबाट मालसमान चोरी गरेको आरोपमा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका तीन जना अभियुक्त घट्नाको ८ वर्ष पछि प्रहरीको फन्दामा परेका छन् ।यसरी पक्राउ पर्नेमा सप्तरीको तत्कालीन तेरहौता गाविस ६ हाल रुपनी गाउँपालिका वस्ने २६ वर्षीय राजकुमार चौधरी, २५ बर्षीय गोविन्द चौधरी र २७ बर्षीय दिलिप सदा छन् । उनीहरुलाइ गाउँमै लुकि वसेको अवस्थामा आइतवार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार राम कुमार यादवको प्लाईउड लगायतका सरसमान लोड रहेको उक्त ना.४ ख.९१०४ नम्बरको ट्रक २०७० साल फागुन ३ गते साँझ पूर्व पश्चिम राजगर्माग अन्तर्गतको तेरहौता सडक खण्डमा अनियन्त्रित भई पल्टिएको थियो । एकातिर अन्ध्यारोको समय र अर्काेतीर चालक, सहचालक घाईते भएको मौका छोपि उनीहरुले ट्रकमा लोड रहेको प्लाईउड लगायतका अन्य केही समान चोरी गरी लगेका थिए । अनुसन्धान पछि सप्तरी जिल्ला अदालतमा प्रस्तुत चोरी मुद्दाको सुनुवाइ गर्दै २०७१ साल कार्तिक १७ गते प्रतिवादी तीनै जनालाई जनही ४ हजार ४ सय ८ रुपैया जरिवाना र एक÷एक महिना कैदको पैmसला गरिएको थियो ।फैसला लगत्तै उनीहरु फरार भएका थिए । यसै गरी गाली बेइजतिको मुद्दामा पनि ४ जना फरार अभियुक्त सोमवार पक्राउ परेका छन् । डिएसपी काफ्लेलेका अनुसार सातै जनालाई अदालतमा उपस्थित गराउदा आदेशानुसार कैद सजाय भुक्तानका लागि राजविराज कारागार पठाइएको छ । प्रहरीले फरार अभियुक्तमाथि कडा निगरानी र अनुसन्धान बढाए संगै विभिन्न अपराधका अभियुक्त पक्राउ पर्ने क्रम बढेको छ । साना देखि ठूल्ठूला अपराध गरेर भाग्ने र लुकिछिपि वसेको अवस्थामा प्रहरीले सुराकी र अनुसन्धानका आधारमा पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक अभिनारायण काफ्ले बताए । चालु आ.ब ०७८÷०७९ को साउन देखि हाल सम्मको अवधिमा विभिन्न अपराधका ३ सय ६८ जना फरार अभियुक्त पक्राउ परिसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here