विराटनगर ,६,असार ।

शुक्रबार साथीलाई भेट्न घरबाट निस्किएका एक युवक बेपत्ता भएका छन् । सुनसरीको दुहबी नगरपालिका– ६ का १८ वर्षीय अफरोज मिया बेपत्ता भएका हुन् ।शुक्रबारबाट घरबाट निस्किएका उनी घर नआएपछि आफन्तले शनिबार प्रहरीलाई जानकारी गराएका थिए । युवकको खोजी गर्ने क्रममा प्रहरीले उनका तीन जना साथीलाई पक्रेको छ ।प्रहरी नियन्त्रणमा रहेका युवकहरुले अफरोजको हत्या गरी शव बूढीखोलामा फालेको बयान दिएका छन् । बयानका आधारमा प्रहरीले बूढीखोला आसपास युवकको खोजी गरिरहेको छ । प्रहरी स्रोतका अनुसार आइतबार राति खोलामा खोजी गर्ने क्रममा कपडा भेटिएको थियो ।‘पक्राउ परेकाहरुको बयानका आधारमा राति बूढीखोलाको पुलमुनि खोजी गरियो, तर एक्कासी बाढी आएपछि गाह्रो भयो,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसैले आज बिहानैदेखि खोजी भइरहेको छ ।’

सोमबार प्रहरीले शंकास्पद स्थानहरुमा डोजर प्रयोग गरेर खोजी गरेको थियो । तर बेपत्ता युवक अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए ।प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका युवक मध्ये दुई जना दुहबी नगरपालिका– ६ र एक जना मोरङको बूढीगंगा गाउँपालिकाका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here