जेष्ठ २७, काठमाडौं ।प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडाँैं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो । उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति भएको मानिस चाहिने भन्दै त्यस्तो व्यक्ति आफु भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो – ‘महानगरपालिकाको उम्मेदवारको रुपबाट मैले आकांक्षा गरेको थिएँ । तर उम्मेदवार बन्न पाएन । फोहोरमैलाको र काठमाडौँ अस्तव्यस्त, ध्वस्त भइरहेको छ । म सरकारसँग सभामुखमार्फत् म एउटा माग राख्न चाहान्छु, मेरो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति निर्माण गरियोस् भन्ने मेरो माग हो । आज एक महिना भइसकेको छ निर्वाचन सकिएको पनि र सरकार बनेको एक वर्ष भएको छ । यो फोहोरमैलालाई व्यवस्थापन गर्नलाई एउटा इच्छाशक्ति भएको मान्छे चाहिन्छ त्यो भनेको म हो भन्ने मेरो दाबा छ । त्यसकारण सभामुखमार्फत् सरकारलाई ध्यानाकर्षणसहित यो समिति बनाओस् भन्ने मेरो माग हो ।’
प्रतिनिधि सभा सदस्य विमला बि.क.ले किसानले मल पाउँछन् कि पाउँदैनन् भनेर सरकारलाई प्रश्न गर्नुभयो । उहाँले सरकारले मल दिन नसके किसानले सिमा पारिबाट ल्याएको मल नखोस्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘म सरकारलाई सोध्न चाहान्छु किसानले मल पाउँछन् कि पाउँदैनन् ? यदी किसानले मल पाउँदैनन् भने किसानले टाउकोमा बोकेर सिमा पारीबाट ल्याएको मल खोसेर बहादुरी कमाउने काम नगरियोस् ।’
प्रतिनिधि सभा सदस्य महेश बस्नेतले सरकारले पेट्रोलियम पद्धार्थमा मुल्यवृद्धि गरेर व्यवसायीले तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएको बताउनुभयो । निर्माण क्षेत्रमा २५ प्रतिशतले महंगी बढेकाले निर्माणको काम अलपत्र भएको उहाँले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेट सिमित नेता, मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकारले आज फेरी मटितेल र डिजेलमा मुल्य बढाएको छ । व्यवसायी तालाबन्दी गर्नुपर्ने र जनता भोकै मर्नुपर्ने स्थिति ल्याएकोमा । अब महंगि झन बढ्ने भयो । यो पटक पनि पुँजिगत खर्च नहुने भयो । निर्माण क्षेत्रमा मात्रै २५ प्रतिशतले महंगी बढेको छ । निर्माणको काम अलपत्र । बजेट सिमित नेता मन्त्री र प्रधानमन्त्रीको घरमा मात्रै गएको छ ।’
महेश बस्नेत, प्रतिनिधि सभा सदस्यप्रतिनिधि सभा सदस्य मीन विश्वकर्माले ललितपुर शंखमुलस्थित जगतगुरु आदर्श संस्कृत गुरुकुलले दलित भएकै कारण ४ बालकलाई भर्ना नलिएको भन्दै आपत्ति जनाउनुभयो । उहाले गुरुकुलले भर्ना नलिएर शिक्षा र धर्म अवलम्बन गर्न पाउने हक हनन भएको र चरम जातिय विभेदको व्यवहार गरिएको बताउनुभयो । उहाँले सो गुरुकुलका प्राचार्य तेजप्रसाद भट्टराईलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न र बालकहरुको शिक्षादिक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभयो ।
प्रतिनिधि सभा सदस्य रंगमती शाहीले मानव तस्करी गम्भिर समस्या बनेको उल्लेख गर्नुभयो । उहाँले तस्करहरुको अन्तर्राष्ट्रियस्तरमा नै संगठित सञ्जाल बनेको बताउनुभयो । तस्करहरुलाई नियन्त्रण गर्न सरकार असफल भएको उहाँको भनाई छ । उहाँले सरकारले प्रतिवन्ध गरेका मुलुकमा पनि अवैध रुपमा महिला कामदारहरु जाने गरेकाले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले पूर्वपश्चिम विद्युतिय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्नेभन्दा बढी जग्गा रोक्का गरिएको र काम पनि अगाडी नबढाइएकाले सो जग्गा फुक्का गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो – ‘पूर्वपश्चिम विद्युतिय रेल मार्ग अन्र्तगतको काँकडभिट्टा–इनरुवा खण्डको लागि आवश्यक पर्ने ६०५ हेक्टर जमिनका लागि ६०५ हेक्टर मात्रै होइन, सम्बन्धित कित्ताका सबै जग्गाहरु समेत रोक्का गरिएको छ । काम कुनै अगाडी बढेको छैन । त्यसको मुआब्जाका लागि मात्रै २५ अर्ब आवश्यकता पर्ने भनेर भनिन्छ । तर अहिले रकम १ अर्बको व्यवस्था गरिएको छ । यही हिसाबले हो भने मुआब्जा दिदैँ जाँदाखेरी २५ वर्ष लाग्ने रहेछ । त्यसकारणले यो काम नहुने प्रयोजनको लागि यो जग्गा रोक्का राख्नु भएन । जग्गा फुक्का गरिदिनुप¥यो भन्ने म हार्दिक अनुरोध गर्न चाहान्छु ।’
प्रतिनिधि सभा सदस्य रेनुका गुरुङले संघीय संसद भवनको क्यान्टिनमा ढिलासुस्ती र लापबाही हुने गरेको दुखेसो गर्नुभयो । उहाँले पिउने पानी पनि सहज रुपमा नपाइने दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो –‘खानलाई क्यान्टिन गयो ढिलासुस्ती र खानेकुरा पकाइमा लापरबाही देखिन्छ । शौचालय गयो भुइभरी पानी पोखिएको हुन्छ । पिउने पानी ठाउँमा गए कतै गिलास हुँदैन । कतै पानी हुँदैन । कतै तातोपानी हुँदैन । यो परिसरभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदलाई बन्देज हुनु हुँदैन । माननीय भनेको सबैले मान्नैपर्ने व्यक्ति भन्ने बुझिन्छ । सुरक्षाकर्मीहरु कसैले अभिनन्दन गरेको छ, कसैले ग¥या छैन । लापरबाही गरेको छ ।’
उहाँले संसद भवनभित्र कुनैपनि स्थानमा घुमफिर गर्न सांसदहरुलाई बन्देज नगर्न आग्रह गर्नुभयो








