राजविराज । सप्तरीका नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुखहरुलाई शनिबार एक गैरसरकारी संस्थाले सम्मान गरेको छ ।राजविराज ६ स्थित सामुदायीक महिला विकास केन्द्र (स्वडेक) ले आफ्नै कार्यालयको सभाकक्षमा एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो । संस्थाको स्थापनाकाल देखी नै आवद्ध रहि काम गर्दै आएकी दलित महिला ६० वर्षीया ज्ञानी देवी सरदारलाई प्रमुख अथिति बनाएर आयोजना गरिएको कार्यक्रममा नवनिर्वाचित मेयर, उपमेयर , अध्यक्ष , उपाध्यक्षले जिल्लाको विकासका लागि आ– आफ्नो क्षेत्रमा उदाहरणीय काम गर्ने प्रतिवद्धता जनाएका छन ।कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण ढकाल शम्भुनाथ नगरपालिकाका जितेन्द्र गुप्ता भगत, विष्णुपुर गाउँपालिका अध्यक्ष उमेश यादव, तिलाठी कोइलाडी गाउपालिकाका अध्यक्ष अरुण मणडल , तिरहुत गाउपालिका अध्यक्ष विजय यादव लगायतले आफुहरुले निर्वाचनका बेला घोषणापत्र र प्रतिवद्धतापत्रमा उल्लेख गरेका कुरा सँगसँगै विकासका थप नौला कामहरु समेत गर्ने बताए। संस्थाकी अध्यक्ष मीरा देव को अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष एवम कार्यकारी निर्देशक इन्जिनियर इन्द्र नारयाण देवले नवनिर्वाचित पालिका प्रमुख र उपप्रमुखहरुलाई बधाई दिदै जिल्लाको समग्र विकासका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । २०५१ माघ १७ देखि संचालनमा आएको उक्त संस्थाले गरिबी निवारण तथा समाज उत्थानका लागी गर्दै आएका विभिन्न गतिविधि बारे समेत उनले सविस्तार जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here