रुपन्देहीको रोहिणी नदीमा भएको यात्रुबस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये पाँच जनाको सनाखत भएको छ ।रूपन्देहीका प्रहरी प्रमुख, एसपी रविन्द्र रेग्मीका अनुसार रुपन्देही ओमसतियाका राजेन्द्र पाण्डे, रुपन्देही तिलोत्तमा-२ का विष्णु पौडेल, रौतहट चपुरका दिनेश दास, रुपन्देही कालिकानगरका कृष्णप्रसाद बस्याल र भारतका अरविन्द्र शर्माको सनाखत भएको हो ।बाँकी चार जनाको सनाखत हुन बाँकी छ । जनकपुरबाट भैरहवाका लागि छुटेको लु २ ख ३८४१ नम्बरको यात्रुबस आइतबार बिहान ४:४५ बजेतिर दुर्घटना हुँदा थप २४ जना घाइते भएका छन्। घाइतेहरूको भीम अस्पताल र युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ।घाइतेमध्ये १५ जनाको अवस्था चिन्ताजनक रहेको र ९ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी नवरत्न पौडेलले बताएका छन् ।








