काठमाडौ १८ जेठ ।
राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाग्रही राजनीतिक संस्कृतिबाट मुक्त हुनुपर्ने बताउनुभएको छ । ले संकीर्णताको राजनीतिक संस्कारबाट माथि उठ्नुपर्ने बेला भएको बताउनुभएको हो । उहाँले दक्षिण एशियामा अन्य देशले गर्न नसकेका कामहरु नेपालले गरेर देखाइसकेको भन्दै अहिले पनि सबै एकजुट भएर देश विकासमा लाग्नुपर्ने बताउनु भयो । राष्ट्रिय सभा सदस्य देवले नयाँ राजनीतिक संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अंगुर खान अन्तिमसमयसम्म मरिहत्ते गर्ने र पाइएन भने यो अंगुर अमिला, नमिठो छ किन खाने भन्ने ? त्यसकारण यो कल्चरबाट मुक्त होऔँ । त्यो संकीर्णताको पोल्टिकल कल्चरबाट, पूर्वाग्रहको पोल्टिकल कल्चरबाट मुक्त होऔँ हामी । हामीले दक्षिण एशियाका देशहरुले गर्न नसकेको काम गरेर देखाएका छौँ । अझै पनि देखाउन सक्छौँ,त्यो क्वालिटी हामीसँग छ । तर कता कता हामी चुकिरहेका छौँ । नयाँ पोल्टिकल कल्चर ठिकलाई ठिक, बेठिकलाई बेठिक भन्ने त्यो कल्चरको विकास गरौँ ।’
उहाँले बजेट संगतीपूर्ण अन्तरसम्बन्ध र संश्लेषण गरेर ल्याएको दाबी गर्नुभयो । उहाँले बजेटले नेपाली अर्थतन्त्रको समस्या पहिचान र समाधान गर्न खोजेको बताउनु भयो । राष्ट्रिय सभा सदस्य देवले देशको मुहानमा कमजोरी छ रहेकोले देशको मुहान फेर्नलाई सबै नेपालीहरु उठ्नुपर्ने बताउनु भयो ।








