१८ जेठ नवलपरासी पश्चिममा ( रबिन्द्र यादव)। नवलपरासी पश्चिममा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । बर्दघाट नगरपालिका ११ विजयपुरका अन्दाजी ४०र४५ बर्षिय इन्द्र बहादुर चौधरीको मृत्यु भएको हो ।आज विहान खेत हेर्न गएका बेला पानीसङ्गै परेको चट्याङ लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख कृष्ण घिमिरेले जानकारी दिए । उनको उपचारको क्रममा चिसापानी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here