पर्सा प्रहरीले नक्कली नोट कारोबार गर्ने अभियोगमा पर्सा जिल्लाका २ जना युवालाई पक्राउ गरेको छ।आज (सोमबार) बिहान ०८:३० बजे जिल्ला पर्सा जगरनाथपुर गाउँपालिका वडा नं.६ स्थित लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली रू.१००० दरका नोटहरू साट्दै गरेको अवस्थामा पक्राउ परेका छन् ।पक्राउ पर्नेका जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं. का १९ वर्ष राजाबाबु साह तेली र पटेर्वासुगौली गा.पा.घर भई हाल बहुदरमाई न.पा.वडा नं.८ बस्ने २० वर्षका अजय सहनी रहेका छन् ।प्रहरीले नक्कली नोट साटी रहेको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले खोजतलास गर्दै जाँदा उक्त मेलाबाटै नेपाली नक्कली नोट रु. १००० दरका थान-२० ( बीस हजार ) सहित दुबैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय पोखरियामा मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।








