काठमाडौं, जेठ १३ गते । बिहान ९ बजे काठमाडौँका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले बधाई दिएसँगै  वालेन्द्र साह आफ्नो समर्थकसँग विजय /जुलुस सहर परिक्रमा गरिरहेका छन् ।सभागृहबाट सुरु भएको रयाली भद्रकाली, त्रिपुरेश्वर, माइतीघर बबरमहल, बिजुलीबजार, युएनपार्क, शान्तिनगर, तीनकुने, कोटेश्वर, जडीबुटी, पेप्सीकोला हुँदै पुनःतीनकुने हुँदै सिनामङ्गल, एयरपोर्ट, तीलगङ्गा, गौशाला, चाबहिल, महाराजगञ्ज, सामाखुसी, नयाँ बसपार्क, बालाजु, स्वयम्भु, सीतापाइला, कलङ्की, बल्खु, कुलेश्वर, कालीमाटी टेकु, त्रिपुरेश्वर र सुन्धारा हँुदै खुलामञ्च पुगेर धन्यवादसभामा परिणत भएको हो  ।

“आगामी पाँच वर्षमा निर्वाचनका समयमा नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन गर्नेतर्फ लाग्नेछु”, उहाँले भन्नुुभयो, “हाम्रो भिजन, एजेण्डालाई अबको पाँच वर्षमा पूर्णरुपमा कार्य सम्पन्न गर्ने धारणा रहेको छ । सम्पूर्ण नगरवासी, साथीभाई, परिवारजन, सधैँ हामी परिवार थियौं, सधैं परिवार नै रहनेछौं ।”

काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट शहर बनाउने आशा रहेको भन्दै उहाँले संक्षिप्त प्रतिक्रिया दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here