सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा विद्यार्थी संगठनहरुले जनकपुरधाममा सत्तारुढ गठबन्धनका नेताहरुको पुतला दहन गरेका छन् ।

विहीवार साँझ स्थानीय भानुचोकमा लोकतान्त्रिक समाजवादी पार्टीका भातृ संगठन लोसपा युवा संघ र लोसपा विद्यार्थी संघले सत्तारुढ पाँच दलीय गठबन्धनका नेताहरुको पुतला दहन गरेका छन् । सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई समस्याक्रान्त गरेकोले तत्काल मूल्यवृद्धि फिर्ता लिन दवाव दिने उद्देश्यले आफूहरु विरोधका कार्यक्रम गरिरहेको लोसपा युवा संघका अध्यक्ष प्रशान्त झाले बताए । सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरे आफुहरु कडा कदम चाल्न वाध्य हुने उनले चेतावनी दिए । सरकारले आइतबार रातिबाट लागु हुने गरी पेट्रोल र डिजेलमा प्रतिलिटर १०÷१० रुपैयाँ र खाना पकाउने एलपीजी ग्यासमा प्रति सिलिन्डरमा २०० रुपैयाँले मूल्य बढाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here