बारा ३० वैशाख ।
बाराको कलैया उपमहानगरपालिकाको मतगणना सुरु भएको छ ।जिल्ला सदरमुकाम कलैयास्थित जिल्ला समन्वय समितिको हलमा मतगणना सुरु भएको हो ।कुल ७० हजार ३५६ जना मतदाता रहेको कलैया उपमहानगरपालिकामा ५५ हजार २५८ (७८ ७८.५) मत खसेको छ ।कलैया उपमहानगरपालिकाको मेयरमा नेकपा एमालेका विनोद प्रसाद साह, नपाली कांग्रेसका राजेशराय यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश साह तेली प्रतिष्पर्धामा छन् ।








